हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–७ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार राती ८ बजेर ३५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७ मा मनहरी बजारबाट सुनाचुरीतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

महिलालाई ठक्कर दिने मोटरसाइकल पहिचान हुन नसकेको प्रहरीको भनाई छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई मनहरी अस्पतालमै प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । बिहीबार राती ९ बजेर ४२ मिनेटको समयमा चिकित्सकले महिलालाई मृत घोषित गरिदिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले खोजी गर्ने क्रममा मोटरसाइकलचालक मनहरी–६, प्रतापपुरका ३२ वर्षीय मन्शु गुरुङलाई घरबाटै नियन्त्रणमा लिएको छ । महिलालाई ठक्कर दिने बा ६२ प १११४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मोटरसाइकलको लेगार्ड र भाईजर कुचिएको, फुटेको पाइएको प्रहरीले उल्लेख गरेको छ । मृतक महिलाको अझै सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।