हेटौँडा: मकवानपुरे समाज काठमाडौंले ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । समाजले हेटौँडा–१४ स्थित अनाथ, आपाङ्ग बाल पुनस्र्थापना केन्द्रका आर्थिक पक्ष कमजोर, अपाङ्ग र अनाथ बालबालिकालाई कापी, किताब लगायतका शैक्षिक सामग्री सहयोग गरेको हो । बिहीबार केन्द्रमै पुगेर सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
जुत्ता, विद्यालय बाहिरका किताब, १ वर्षका लागि ट्युसन कक्षाको शूल्क व्यवस्था गरिदिएको हो । सहयोगका लागि मकवानपुरे समाज काठमाडौं, मकवानपुरका सल्लाहकार शिव प्रशाद अधिकारीले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । मकवानपुर समाज काठमाडौंले यस किसिमको सहयोग निरन्तर गर्दै आइरहेको मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुण कुमार गुरुङले जानकारी दिनुभयो ।