हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति मकवानुपरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको हो ।
मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका उपाध्यक्ष कविन्द्र राज भट्राईले जानकारी दिनुभाये । राप्रपाले पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोगले नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्नुपर्ने, झुठा मुद्दा खारेजी र निर्दोषहरुको रिहाई, घाइतेहरुको निःशूल्क र प्रभावकारी उपचारको व्यवस्था र पार्टीले पेश गरेको ४० बुँदे मागउपर नवीन समझदारीका लागि वार्ता टोलीको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
हेटौँडा–२, सानोपोखरास्थित पार्टी कार्यालयबाट सुरु भएको र्यालीमा सहभागीले ‘दलालीतन्त्र मुर्र्दाबाद, संघीयता खारेज गर’ भन्ने नारासहित जिल्ला प्रशासन कार्यालय अगाडि केही समय धर्ना बसेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापाले सरकारले उल्लेखित माग पूरा नगर्ने अधिकतम सम्भावना भएको बताउनु भयो । राप्रपाले माग पूरा नभए जस्तो सुकै परिस्थिति आएपनि सामना गर्न तयार रहेको जिकिर गर्नुभयो ।