हेटौँडा : साहित्य संगम मकवानपुरले २०८१ सालभरिमा कृति प्रकाशन गर्ने साहित्यकारहरुलाई सम्मान गर्ने भएको छ । शनिबार संगमको साहित्य सन्ध्या एवम् विशेष साधारणसभाको अवसरमा सम्मान गर्नेे संगमका सचिव मनोज पोखरेलले जानकारी दिनुभयो ।
आइतबार संगमले एक सुचना जारी गर्दै साहित्य सङ्गम मकवानपुरको स्थापना एवम् संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउनुहुने संस्थापकहरूमध्येका एक विशिष्ट व्यक्तित्व केशव श्रेष्ठ ‘ज्योति’द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/८१ संस्थाको कार्यविधिअनुरूप प्रदान गरिने भएकाले सर्वोत्कृष्ट कृक्ति छनोटका लागि तपसलि बमोजिम कृति दर्ता गर्न सुचनामा उल्लेख गरिएको छ ।
संगमले वैशाख १ गतेदेखि २०८१ चैत मसान्तसम्म प्रकाशन भएको कविता विधाका मौलिक सङ्ग्रह (३ थान) पुरस्कार/सम्मान छनोट समितिलाई उपलब्ध गराउन अनुरोध गरेको छ । साथै कृति राष्ट्रिय पुरस्कार÷सम्मानका लागि छनोट नभएको, श्रष्टाको नामथर, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति स्पष्ट उल्लेख भएको कृत्ति वैशाख २५ गतेभित्र कृत्ति पठाउन अनुरोध गरिएको छ ।
सर्वोत्कृष्ट छनोट भएको कृति विशेष समारोह आयोजना गरी नगद २५ हजार एक रुपैयाँसहित सम्मान गरिने छ । कृति पुष्पलाल स्मृति पुस्तकालय, पुष्पलाल स्मृति पार्क, हेटौंडा–५ मकवानपुरमा लगेर बुझाउन सूचनामा उल्लेख गरिएको छ ।