रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा–४ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सोमबार हेटौँडा–४, भुवनेश्वर मन्दिर परिसरमा भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति किशन घिसिङ्गको अध्यक्षता तथा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । उपशाखाको नियमित कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उपशाखाका सभापति किशन घिसिङ्ले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।