हेटौंडाः मकवानपुर जिल्लाको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिका–२, माझगाउँका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा बुधबार कोरोना परीक्षणका लागि पठाइएका ३४ जनाको स्वाबको नमूना मध्ये बिहीबार प्राप्त रिपोर्टअनुसार बागमती गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । साउदी अरेबियाबाट १० दिनअघि नेपाल आइपुगेका ती पुरुष बागमती गाउँपालिकाले सञ्चालन गरेको क्वोरन्टिनमा बस्दै आएका थिए । संक्रमण पुष्टी भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई हेटौंडास्थित आईसोलेसन वार्डमा ल्याइएको छ ।