हेटौँडा : दुई दिने युवामैत्री स्थानीय तह प्रवोधीकरण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश युवा सम्मेलन–२०८२ सफल बनाउने उद्देश्यले प्रदेश युवा परिषद्ले आयोगना गरेको दुई दिने युवामैत्री स्थानीय तह प्रवोधीकरण कार्यक्रम आईतबार सम्पन्न भएको परिषद्का प्राविधिक सुनिल प्रसाद दुलालले जानकारी दिनुभाये ।
कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो । सभामा जिल्ला प्रशासान कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले लागूऔषध न्यूनीकरणको विषय तथा नेपालमा युवाहरूलाई अड्याउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रमको विषय तथा बजेटको सन्दर्भमा कार्यालय प्रमुख रमेश घिमिरेले प्रकाश पार्नु भएको प्राविधिक दुलालले बताउनुभयो ।
कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले आसन्न प्रदेश युवा सम्मेलनमा डिजिटल साक्षरता, जेन जेडको अवसर र चुनौति, जलवायु परिवर्तन, दिगो भविष्यका लागि युवा अभियान, कृषि उद्यमशीलता, गाउँको विकास र सहरको सम्भावनाका विषय समेटिने जानकारी दिनुभयो । यस्तै समावेशी समाज, समाजमा सबैको समान स्थान, सहयोग सरकारको म चाहन्छु, म गर्न सक्छु, राजनीतिक नेतृत्वको आँखा विकासका लागि अन्तरपुस्ता सम्बन्धका विषय पनि सम्मेलनमा समेटिने उहाँले बताउनुभयो ।