हेटौँडा : हेटौँडा–४, कर्राचोकबाट मकवापुर प्रहरीले बिल बिजक नभएको अवैध कपडासहित २ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ९ बजेको समयमा पूर्व–पश्चिम सडकखण्डमा खटिएको प्रहरी टोलिले बाराबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज १०५७ नम्बरको इभि गाडीलाई सुरक्षा जाँच गर्ने क्रममा अवैध सामान बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
प्रहरीले बारा जिल्लाको जितपुर सिमरा–७ बस्ने २४ वर्षीया ममता कुमारीले ल्याएको टिसर्ट ९६ पिस, जेन्स कुर्ता १८ पिस, टाबेल ५ पिस, लुङ्गि ३० पिस, ब्लाउज १८ पिस, जेन्स पाइजामा २६९ पिस, जय श्रिराम टाबेल ३० पिस, कुर्था सुरुवाल सेट ५४ पिस र टप्स कुर्था १६ पिस गरि ३ लाख बराबरको अवैध कपडा बरामद गरेको थियो । प्रहरीले ममतासहित गाडी चालक पर्सा जिल्ला परवानिपुर–५ बस्ने ३१ वर्षीय धर्म प्रसाद शाह कानुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरेहेको जनाएको छ ।