सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१८, चनौली बजारमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार बेलुका ७ बजेको समयमा १६ वर्षीय आर्जन गहतराजले चलाएको हाल नम्बर नखुलेको स्कुटर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आर्जनलाई उपचारका लागि शनिबार राती अवस्था गम्भीर भए पश्चात चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा आर्जनको आइतबार बिहान ३ बजेर १८ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।