हेटौँडा : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–४, रजगाउँमा विद्युत प्राधिकरणको हाईटेन्सन लाईनमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–५, नागदहका २४ वर्षीय मणिराज तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार साँझ ६ बजेर १५ मिनेटको समयमा बा ३ क १५०५ नम्बरको ट्रिपरमा भारत कन्स्ट्रक्सन सिद्धिसाई जेभि कम्पनीले सञ्चालन गरेको क्रसरमा बालुवा लोड गर्न टिफरको हुटमा रहेको सावेल लिन जाँदा सोही ट्रिपर माथि रहेको हाईटेन्सन लाईनबाट करेन्ट लागेर मणिराज घाइते भएका थिए । घाइते मणिराजलाई उपचारका लागि मन्थली अस्पताल लगिएकोमा बेलुका ७ बजेर ११ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका लागि ट्रिपर चालक तामाकोशी गाउँपालिका–५, छापगाउँका २५ वर्षीय कमल बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।