हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४, बलडाँडाका पूर्ण बहादुर जिम्बाको २ वटा घर आगो लागेर पूर्णरुपमा नष्ट भएको छ । शनिबार साँझ ७ बजेर ३० मिनेटको समयमा विद्युत सर्ट भई आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

घरमा रहेको १२ वटा कुखुरा, लत्ता–कपडा, भाँडाकुँडा, अन्नपात जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो राती ८ बजेर १५ मिनेटको समयमा पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।