लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका विशाल सार्की ।

हेटौँडा : लागूऔषध खैरो हेरोईनसहित हेटौँडा–४, हुप्रचौरका १९ वर्षीय विशाल सार्कीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ ७ बजजेर ३० मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, पिपलबोटबाट ३ ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राजमार्गमा सवारी साधन रोकेर सुरक्षाजाँच गर्ने क्रममा पथलैयातर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना ६३ प ४८७ नम्बरको मोटरसाइकलमा सवार विशाललाई लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विशाललाई हिरासतमै राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।