हेटौँडा : लागूऔषध अफिमसहित चितवन जिल्लाको राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङ हेटौँडा–१९, नेवारपानीबाट पक्राउ परेका छन् ।
आइतबार बिहान ७ बजेर २० मिनेटको समयमा हेटौँडा–१९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१९ मा पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरु रोकेर सुरक्षाजाँच गर्ने क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार बाबुरामलाई ५ किलो ९४० ग्राम लागूऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले बाबुरामलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।