हेटौँडा : हेटौँडाका लघुकथाकार श्यामप्रसाद श्रेष्ठको कथासंग्रह ‘कठै’ सार्वजनिक भएको छ । वरिष्ठ कथाकार मधुवन पौडेलले शनिबार काठमाडौंमा कथासंग्रह सार्वजनिक गर्नुभएको हो ।
सृजना अभियान समाजको आयोजनामा कथासंग्रह विमोचन कार्यक्रम भएको हो । सृजना अभियान समाजका सचिव तथा वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा बिमोचित कृतिको समीक्षा प्रा.डा. भरत कुमार भट्टराईले गर्नुभएको थियो । प्रा.डा. भट्टराईले श्यामप्रसाद श्रेष्ठको कथासंग्रह पठनीय भएको जानकारी गराउनु भयो । कार्यक्रममा कृतिकारको संक्षिप्त परिचय साहित्यकार किशन पौडेलले गर्नुभएको थियो । श्रेष्ठको यसअघि दुई नाटक, एक लघुकथा संग्रह प्रकाशन भइसकेको छ ।