हेटौँडा : सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–१, महादेवडाँडामा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय हरिप्रसाद काफ्ले रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार हरिप्रसाद बेहोस अवस्थामा फेला परेका थिए । हरिप्रसादलाई अस्पताल चनौटेमा सामान्य उपचार पश्चात काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ) लगिएको थियो । उपचारको क्रममा हरिप्रसादको सोमबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा हरिप्रसादले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।