रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : हेटौँडा–६, चौघडामा मंगलबार रक्तदान कार्यक्रम भएको छ । चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

सहकारीको १७औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । सहकारीको वार्षिकोत्सवकै अवसरमा मंगलबार उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरेको छ । सहकारीका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता तथा सहकारीका आर्थिक सल्लाहकार बिनोदचन्द्र कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।