हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–५, दरदरामा आइतबार दिउँसो चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा मनहरी–५, दरदरामा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङको मृत्यु भएको हो । चट्याङ लागेर ५६ वर्षीय सिंहबहादुर थिङ र १० वर्षीय सौगात गोले घाइते भएका छन् । सिंहबहादुरको अवस्था मध्यम रहेको र उनलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जानकारी दिएको छ । सिंहबहादुर मृतकका बाबु भएको प्रहरीको भनाइ छ । यस्तै चट्याङ लागेर सामान्य घाइते भएका सौगात गोले मृतक अविरलका सानीआमाको छोरा भएको प्रहरीले जानकारी दिएको छ ।