हेटौँडा : नेपाल प्रगतिशील प्राध्यापक संगठन त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस, हेटौँडा एकाई कमिटीको अध्यक्षमा पुनः यागेन्द्र यादव निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको ११ औं अधिवेशनले यादवलाई सर्वसम्मत पुनः अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा ईश्वर थापा र सचिवमा सन्जिव भट्टराई निर्वाचित हुनुभएको छ । सदस्यमा डा. दामेदर गैरे, विष्णुप्रसाद पाण्डे, समिश श्रेष्ठ र नारायण तिमल्सिना चयन हुनुभएको छ । सल्लाहकारमा ललित कुमार लालदास, डा. विक्रम मानन्धर, प्रदीप पौडेल र राजिव कुमार लाल कर्ण चयन हुनुभएको छ । साधारण सभाको अवसरमा विद्यावारिधी उपाधि हासिल गर्नुभएका डा. ललित कुमार लालदास, डा. विक्रम मानन्धर, डा. दामोदर गैरे र डा. योगेन्द्र यादवलाई सम्मान गरेको छ । साथै, उमेर हदका कारण अवकास हुनुभएका सहप्राध्यापक राजिव कुमार लालकर्णलाई कदरपत्रसहित सम्मान गरिएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभाको उद्घाटन समारोहमा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, प्रगतिशील प्राध्यापन संगठन बागमती प्रदेश कमिटीका उपसचिव केशवप्रसाद तिमल्सिना, कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन संकाय हेटौंडाका डीन बासुदेव पोख्रेलको पनि आतिथ्य रहेको थियो ।