भागेका बालकको तस्वीर ।

हेटौँडा : हेटौँडा–९, मानव सेवा आश्रमबाट एक बालक भागेका छन् । शुक्रबार साँझ ६ बजेको समयमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–६, बाट उद्धार गरी ल्याएको १६ वर्षीय सानु बाबु शनिबार दिउँसो ३ बजेर ५० मिनेटको समयमा आश्रमबाट भागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार बिहानसम्म पनि बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । बालक गहुगोरो वर्ण भएको कालो कपाल, निलो सेतो धर्सा भएको जकेट लगाएको मंगोलिएन जस्तो रहेका छन् । बालक आफ्नो एरीयामा फेला परे प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।