हेटौँडा : कपडा तथा तयारी पोशाक व्यवसायी संघको आयोजनामा शुक्रबार बिहान हेटौँडा–१०, बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । संघको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।
संघका अध्यक्ष दीपेन्द्र बानियाँको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।