हेटौँडा : हेटौँडा–१८, फुर्केचौरका ६४ वर्षीय विश्वप्रसाद पौडेल परिवारको सम्पर्कमा आएका छन् । गत शुक्रबारदेखि सम्पर्कमा नहुनु भएका पौडेल मंगलबार साँझ सम्पर्कमा आएको छोरी रिता पौडेलले जानकारी दिनुभयो । पौडेलले छोरालाई सम्पर्क गरेर आफू बुटवलमा साथीको घरमा रहेको जानकारी गर्नुभएको छोरी रिताले जानकारी दिनुभयो ।