संस्कृत गुरुकुलमलाई सम्मान गरिँदै ।

हेटौँडा : रुद्रप्रसाद–विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषले हेटौंडा–१८, ठूलोदमारस्थित वैदिक संस्कृत गुरुकुलमलाई ‘रुद्रप्रसाद विष्णुकुमारी रिजाल स्मृति सम्मान २०८१’ बाट सम्मान गरेको छ । शनिबार ५० हजार रुपैयाँ राशिसहित गुरुकुलममै पुगेर सम्मान गरिएको हो ।

कोषका अध्यक्ष आरसी रिजालको अध्यक्षता जेष्ठ नागरिक पदमबहादुर ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्मान समर्पण समारोह भएको हो । आश्रममा १८ जना विद्यार्थी अध्ययनरत् छन् । कार्यक्रममा वैदिक संस्कृत गुुरुकुुलमका संयोजक हर्क रम्तेल, समाजसेवी सिताराम बर्तौला, आश्रमका उपाध्यक्ष केशवराज पण्डित लगायतको उपस्थिति रहेको थियो ।