हेटौँडाः शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको शिक्षक परीक्षामा सफल शिक्षकलाई सम्मान गरिएको छ । हेटौँडा–४, स्कुलरोडस्थित पेन्टागन एकेडेमीले तयारीका लागि आफ्नो संस्थामा सहभागी भई सफल भएका शिक्षकलाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
पेन्टागनका संचालक गोविन्द चौलागाईंको सभाध्यक्ष तथा राष्ट्रिय परीक्षा बोर्डका पूर्वप्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । पेन्टागनले सञ्चालन गरेको तयारी कक्षामा सहभागी भई ५७ जनाले आयोगको परीक्षा उत्तीर्ण गर्न सफल भएको बताइएको छ । गत वर्ष भने ७८ जनाले नाम निकाल्न सफल भएको संचालक चौलागाईंले जानकारी दिनुभयो । ३९ वर्षको उमेरमा नाम निकाल्न सफल खड्गमाया चौलागार्इं तयारी कक्षामा सरल तरिकाले बुझाएकै कारण सफल हुन पाएको बताउनुभयो । प्रशिक्षार्थी तयार भए इन्स्टिच्युटबाट निक्कै सहयोग पुग्ने अर्का सफल उम्मेदवार रामविश्वास कुमार महतो बताउनुहुन्छ । दोस्रो पत्रको परीक्षामा १० दिनाको तयारीमा नाम निकाल्न सफल भएको महतोको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै राष्ट्रिय परीक्षा बोर्डका प्रमुख घिमिरेले शिक्षण पेशालाई सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्षेत्र जहाँ भएपनि, जस्तो भएपनि आफ्नो पेशाप्रति सन्तुष्ट भएर काम गनुपर्ने उहाँले बताउनुभयो । भविष्यमा डाक्टर, ईन्जिनियर, शिक्षक, मन्त्री, प्रधानमन्त्री शिक्षकले नै बनाउने भएकाले शिक्षक विद्यार्थी प्रति अत्यन्त जिम्मेवार भएर काम गर्न जरुरी रहेको घिमिरेले बताउनुभयो ।
पेन्टागन एकेडेमीले यस वर्षदेखि अनलाईन कक्षा सञ्चालन गरेको छ । पेन्टागनले शिक्षक सेवा आयोग, लोकसेवा आयोग, सुरक्षा सेवा आयोग, बैंकिङं तयारी, विद्युत प्राधिकरण, नेपाल टेलिकम, कम्प्युटर तालिम, मन्टेश्वरी र केयरगिभर तालिम आदि क्षेत्रहरुमा विगत ९ वर्षदेखि तयारी कक्षाहरु संचालन गर्दै आएको छ ।