हेटौँडा : मानवसेवा आश्रमको जारी सप्ताह ज्ञान महायज्ञको अवसरमा मकवानपुरका सहकारीले ६ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ ।
मकवानपुर जिल्ला सहकारी सञ्जालको समन्वयमा जिल्लामा क्रियाशील सहकारीको विषयगत संघ, प्रारम्भिक सहकारी संस्थामार्फत संकलित रकम बुधबार आश्रममा जारी महायज्ञमा पुगेर हस्तान्तरण गरिएको हो । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा नेतृत्वको सहकारीकर्मीको एक समूह सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए । अक्षयकोषका लागि १० करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्यसहित गत आइतबारदेखि मानवसेवा आश्रममा सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।