Home मुख्य समाचार मानवसेवा आश्रममा सप्ताह महायज्ञ सुरु, हेटौँडा उपमहानगरले डेढ करोड सहयोग गर्ने

मानवसेवा आश्रममा सप्ताह महायज्ञ सुरु, हेटौँडा उपमहानगरले डेढ करोड सहयोग गर्ने

सप्ताह ज्ञान महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडा : हेटौँडा–९, लामसुरेधापस्थित मानसेवा आश्रमको आयोजनामा आइतबारदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु गरेको छ । मानवसेवा आश्रमको मुख्य कार्यालयमा आश्रमले १० करोडको अक्षयकोष निर्माण गर्ने उद्देश्यले महायज्ञ सुरु गरेको हो ।

आइतबार बिहान त्रिवेणीधामबाट सुरु भएको कलाश यात्रा महायज्ञस्थल पुगेको छ । महायज्ञको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले व्यक्तिगत २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । यस्तै प्रदेश सरकारले छलफल गरेर सकेसम्म अक्षयकोषका लागि अनुदान रकम सहयोग गरिने प्रतिबद्धता मुख्यमन्त्री लामाले जनाउनुभयो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले एक करोड ५० लाख रुपैयाँ अनुदान स्वरुप अक्षयकोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरन बहादुर जोशीले ५ लाख रुपैयाँ हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी कृष्ण धितालले ५ लाख ११ हजार एक सय ११ रुपैयँको चेक हस्तान्तरण गर्नुभएको छ ।

आश्रमको क्षमता अभिवृद्धि एवम् आर्थिक सहयोग जुटाउने र मानवता प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सप्ताह लगाइएको बताइएको छ । जसमा किचेन कोल्डस्टोरसहितको भवन निर्माण गर्न, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्न, आगामी वर्षसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको संकल्प पूरा गर्ने लक्ष्य रहेको छ ।

पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित विशाल शोभा कलशयात्रा गरिएको छ । दोस्रो दिनबाट २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रवद्र्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम हुनेछ । बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमल नयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौँडामा गर्न लागेको हो ।

Exit mobile version