Home मुख्य समाचार मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग अध्यक्षमा अधिकारी

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग अध्यक्षमा अधिकारी

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको नयाँ कार्यसमिति

हेटौंडाः मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको आइतबार सम्पन्न तेस्रो अधिवेशनले ध्रुव अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल चयन हुनुभएको छ भने महासचिवमा ज्ञानेन्द्र अधिकारी चयन हुनुभएको छ ।

अधिवेशनबाट देवीप्र्रसाद चौलागाईं कोषध्यक्षमा चयन हुनुभएको छ । सदस्यमा अनिस वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुङ्गाना, महेश ठकुरी, राजेशकुमार शर्मा र पारसमणि चयन हुनुभएको छ । सचिव पद रिक्त रहेकाले छिट्टै बैठक राखी सचिव चयन गर्ने निर्णय गरेको छ ।

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघका अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका अध्यक्ष तेबेन्द्ररत्न राक्यको प्रमुख आतिथ्य थियो ।

Exit mobile version