हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–१०, नामटार बागुनेमा चट्याङ लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा २१ वर्षीया सुनमाया वाईबा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार दिउँसो ४ बजेको समयमा वाईबा घरको पेटीमा सफा गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी हुन् । घाइते वाइबालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । वाईबा गभर्वती छिन् । सामान्य उपचार पश्चात वाइबालाई थप उपचारका लागि राती १० बजेर ३० मिनेटको समयमा चितवन स्थित पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।