हेटौंडा: निर्माण व्यवसायी संघ मकवानपुरले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठलाई स्वागत गरेको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी श्रेष्ठलाई स्वागत गरेको हो ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलको सभाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निर्माण व्यवसाय सफल भएमात्र आफुूहरु सफल हुने प्रजिअ श्रेष्ठले बताउनुभयो । निर्माण व्यवसाय सफल भएमात्र खुसी नेपाली समृद्व नेपालको अवधारणा पूरा हुने उहाँको भनाइ छ ।
कतिपय केसमा निर्माण व्यवसायीले निर्माण कार्य सुस्त गर्ने गरेको र समय अवधि सकिन लागेपछि हतारमा काम गर्ने प्रवृत्ति झाङ्गिँदै गएको प्रजिअ श्रेष्ठले जिकिर गर्नुभयो । राष्ट्र निर्माण गर्नका लागि सरकार र निर्माण व्यवसायी संघ एकजुट भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।