हेटौंडा : सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत सिमान्तकृत विद्यार्थीहरुलाई खाद्यान्न सामग्री सहयोग भएको छ । बुधबार मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धकालीमा रहेको प्रजा आधारभूत विद्यालका २५ जना विद्यार्थीलाई खाद्यान्न सामग्री सहयोग गरिएको विद्यालयका प्रधानध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभयो ।
कोर इन्टरनेशनल संस्थाको सहयोग तथा हिमराइटस् मकवानपुरले २०७४ सालदेखि निरन्तर सहयोग गर्दै आएको छ । संस्थाले २५ जना विद्यार्थीको भर्ना, पोशाक, शैक्षिक सामग्री र प्रत्येक ४ महिना खाद्यान्न सामग्री वितरण गर्दै आएको छ । चामल, दाल, तेल, नुन, साबुनलगायत सामग्री प्रदान गर्ने गरिएको छ ।
संस्थाले सहयोग गरेको २५ जना विद्यार्थीलाई १२ कक्षासम्म पढाउने प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो । विद्यालयमा हाल कक्षा १ देखि ७ सम्मको वार्षिक परीक्षा सञ्चालन भईरहेको छ । परीक्षा चैत १२ गते सकिनेछ । कक्षा ८ (आधारभूत तह) को परीक्षा आज बिहीबारबाट सुरु हुनेछ । यस वर्ष कक्षा ८ को परीक्षा दिने २१ जना विद्यार्थी रहेका छन् ।