हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यालय प्रमुख बद्रीबहादुर पाठकको सरुवा भएको छ । गत सोमबार खेलकुद विकास परिषद्का कार्यालय प्रमुख पाठकको सरुवा भएको हो ।

प्रदेश खेलकुद विकास परिषद्बाट पाठकको शिक्षा मन्त्रालयमा सरुवा भएको सूचना अधिकारी दुर्गाप्रसाद दुलालले जानकारी दिनुभएको छ । गत भदौ ६ गते बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयबाट उहाँले प्रदेश खेलकुद विकास परिषद्को कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभएको थियो ।

कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभएको ७ महिनाकै अवधिमा उहाँको सरुवा भएको सूचना अधिकारी दुलालले बताउनुभयो । खेलकुद विकासको परिषद्को कार्यालय प्रमुखको रुपमा को आउने भन्ने टुंगो नलागेको उहाँले बताउनुभयो ।