हेटौंडाः मोवाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले आफ्ना सदस्य व्यवसायीको कोरोना बीमा गरेको छ । प्रतिसदस्य ५० हजार रुपैयाँका दरले ६६ जनाको कोरोना बीमा गरेको म्यान मकवानपुरका अध्यक्ष एसिस रिजालले जानकारी दिनुभएको छ । म्यान मकवानपुरले उत्तरीक्षेत्र थाहा नगरपालिका र पश्चिम क्षेत्र मनहरी गाउँपालिकाका व्यवसायीको पनि कोरोना बीमा गरिने अध्यक्ष रिजालले जानकारी दिनुभयो ।