हेटौंडाः हेटौंडास्थित गैरसरकारी संस्था एकीकृत ग्रामीण विकास सेवा (आइभिडिएस) मकवानपुरले हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपाललाई सोमबार खाद्यान्न सहयोग गरेको छ । एकीकृत ग्रामीण विकास सेवा मकवानपुरको २१ औं स्थापना दिवसको अवसरमा एकीकृत ग्रामीण विकास सेवाकी अध्यक्ष सीता विष्टले मामाघर नेपाललाई खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष विष्टले चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । त्यस्तै कोरोना सङ्क्रमणबाट बच्न सेनिटाईजर, मास्क, साबुन लगायतका स्वास्थ सुरक्षा सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रममा ग्रामीण विकासका सचिव मिनराज पौडेल, सदस्य सुशीला श्रेष्ठ, मनिषा घले लगायत एकीकृत ग्रामीण विकास सेवाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।