Home मुख्य समाचार हेटौँडा हुँदै बीरगन्ज जाँदै गरेकी राक्सरीराङकी सुशीला पथलैयामा गाँजासहित पक्राउ

हेटौँडा हुँदै बीरगन्ज जाँदै गरेकी राक्सरीराङकी सुशीला पथलैयामा गाँजासहित पक्राउ

लागूऔषध गाँजासहित पक्राउ परेकी सुशीलालाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडा : हेटौँडा हुँदै बीरगन्ज जाँदै गरेकी मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ५० वर्षीया सुशीला गोले लागूऔषध गाँजासहित बारा जिल्लाको पथलैयाबाट पक्राउ परेकी छिन् । बारा प्रहरीले विशेष सूचनाको आधारमा बुधबार बिहान ८ बजेर १५ मिनेटको समयमा १३ किलो गाँजासहित सुशीलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ना ८ ख ६०६१ नम्बरको यात्रुवाहक माईक्रोलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा माईक्रोमा सवार सुशीलाको साथबाट गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले कानुन बमोजिम कारवाही तथा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version