हेटौँडा : लागूऔषधसहित मकवानपुरको बकैया गाउँपालिका–४ का २४ वर्षीय नवीन सुनार हेटौँडा–१५, रातोमाटेबाट पक्राउ परेका छन् ।
आइतबार दिउँसो साढे ४ बजेको समयमा पूर्वपश्मि राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा बीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ११६ नम्बरको बसमा सुरक्षाजाँच गर्ने क्रममा सुनारको साथबाट प्रहरीले लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनार्गन ५९ एम्पुल र नुर्फिन १३ एम्पुल गरी १०० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नवीनलाई हिरासतमै राखी अनुसन्धान गरिरहेको जनाएको छ ।