रिबन काटेर एभरेस्ट बिरयानी होटलको उद्घाटन

हेटौंडाः हेटौंडा–४, रजतजयन्ती चोकमा एभरेष्ट बिरयानी होटल खुलेको छ । सेवाग्राहीलाई सुपथ मूल्य र परिवारमैत्री वतावरणमा सेवा दिने उद्देश्यले शुक्रबारबाट सेवा सुरु गरिएको हो ।

भारतको मुरादाबादमा ५ वर्ष काम गरेका अनुभवी सेफले बिरयानी तथा अन्य परिकार तयार पार्ने होटलका सञ्चालक इमरान मन्सुरले जानकारी दिनुभयो । होटलमा मुरादावादी बिरयानी, हैदरावादी बिरयानी, चिकेन दम बिरयानी, स्न्याक्स, रोटीलगायत परिकार पाइने उहाँले बताउनुभयो । बिहान ९ बजेदेखि राति १० बजेसम्म होटलले सेवा दिने मन्सुरले जानकारी दिनुभयो ।