हेटौँडा : बुधबार राती मकवानपुर जिल्लाको थाहा नगरपालिका–७, भट्टीडाँडा भीरबाट लडेर थाहा नगरपालिका–५, नलिबनका ३२ वर्षीय राजकुमार पाख्रिनको मृत्यु भएको छ ।
भट्टीडाँडास्थित खाजाघर पछाडी पिसाब गर्न गएका पाख्रिनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पाख्रिनकोे शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको छ ।