हेटौँँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, भोजाडमा अटो र स्कुटर एक आपसमा ठोकिँदा घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । गत माग १४ गते दिउँसो १२ बजेर १० मिनेटको समयमा ना २ ह २५३५ नम्बरको अटोमा बा ७२ प ८९९९ नम्बरको स्कुटर एक आपसमा ठोकिँदा स्कुटर चालक रत्ननगर नगरपालका–१३, का ५१ वर्षीय चक्र बहादुर घिसिङ घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
घाइते घिसिङलाई उपचारका लागि नयाँ मेडीकल कलेज भरतपुर लगिएकोमा १५ गते थप उपचारका लागि न्युरो अस्पताल बाँसबारी काठमाडौं रिफर गरिएको थियो । माग २० गते पुन नयाँ मेडिकल कलेज भरतपुरमा आई उपचार भई रहेकोमा उपचार सम्भव घिसिङलाई घर लगिएको थियो । घिसिङको सोमबार दिउँसो ४ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अटो चालक फरार रहेको प्रहरीले जनाएको छ ।