हेटौँडा : चितवन जिल्लाको खैरहनी.नगरपालिका–५, सलौलीमा छतबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१, घरभई हाल सलौली बस्ने ५५ वर्षीय हरि सिलवाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो १ बजेर ५० मिनेटको समयमा सिलवाल तिन तले घरको छतबाट लड्दा घाइते भएका थिए । घाइते सिलवाललाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा दिउँसो २ बजेर ३३ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।