हेटौँडा : नुवाकोट जिल्लाको लिखु गाउँपालिका–५, अमिलबोटेमा इभि गाडि र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार पुरुषको मृत्यु भएको छ । सोमबार बिहान ८ बजेको समयमा टोखा–छहरे सडकखण्डमा त्रिसुलीतर्फबाट काठमाडौ तर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०४३९ नम्बरको इभि गाडी र काठमाडौबाट त्रिसुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प २४६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रसुवाको उत्तरगया गाउँपालिका–५ बस्ने ३५ वर्षीय प्रमोद थापा र पछाडी सवार ३८ वर्षीय पुरुषोत्तम लामिछाने घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि काठमाण्डौ चिरुयु अस्पताल बालाजु लगिएको थियो । उपचारको क्रममा पुरुषोत्तमको सोमबार दिउँसो २ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाडी चालक नुवाकोटको बिदुर नगरपालिका–४ का ३६ वर्षीय नारायण बर्देवालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।