लायन्स क्लब अफ मकवानपुरका वर्ष २०१९/२० का अध्यक्ष सरोज पोखरेल (बायाँ) र वर्ष २०२०/२१ का अध्यक्ष हरिकुमार शर्मा (दायाँ) ।फाइल तस्विर

हेटौंडाः लायन्स क्लब अफ मकवानपुरको अध्यक्षमा हरि कुमार शर्मा र लियो क्लब अफ मकवानपुरको अध्यक्ष सुदिन पौडेलले जिम्मेवारी पाउनुभएको छ । बिहीबार एक कार्यक्रमका बीच लायन्स र लियो क्लबको जिम्मेवारी हस्तान्तरण भएको छ ।

वर्ष २०१९/२० का अध्यक्ष सरोज पोखरेलले हरि कुमार शर्मालाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो भने लियो क्लबमा सन्तोष बस्यालले सुदिन पौडेललाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यमा जिम्मेवारी हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा लायन्स क्लबका अगुवाहरुको उपस्थिति रहेको थियो ।