तस्वीरः सुसन लामिछाने

मकवानपुर जिल्लाकै प्रमुख खेलस्थलको रुपमा रहेको हेटौंडा–४ स्थित हुप्रचौर वर्षा मौसम र कोरोनाका कारण सर्वसाधारणको चहलपहल निषेध भए सँगै संरक्षण हुन सकेको छैन । वर्षा मौसमका कारण खेलमैदानमा झाडी बढेको छ । वर्षा मौसम र कोरोना भाइरस संक्रमणको जोखिमका कारण खेलकुद गतिविधि हुन नसक्दा पनि हुप्रचौरको संरक्षणमा ध्यान पुगेको छैन ।