हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका सवइन्जिनियर रुद्रप्रसाद न्यौपानेको निधन भएको छ । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाका न्यौपानेको २४ वर्षको उमेरमा फोक्सोको क्यान्सरका कारण बिहीबार निधन भएको हो ।
गत कात्तिकमा क्यान्सर भएको पुष्टी भएपछि उपचाररत न्यौपानेको चितवनस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभएको छ । न्यौपानेको निधनको शोकमा भोलि शुक्रबार गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।