हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले अवैध सामान बरामद गरेको छ । सोमबार इलाका प्रहरी कार्यालय जीतपुर सिमराबाट खटिएको प्रहरी टोलीले ३० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

सोमबार बेलुका ९ बजेर ३० मिनेटको समयमा प्रहरी नायब निरीक्षक नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर चोकमा वीरगञ्जबाट रूपन्देहीतर्फ जाँदै गरेको लु १ ख ७९६९ नम्बरको ट्रकलाई रोकेर सुरक्षा जाँदा गर्दा स्रोत नखुलेको २९ लाख ४८ हजार ९ सय ५३ रुपैयाँ बराबरको बिलविजक भन्दा बढीको सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

बारा प्रहरीका अनुसार ट्रकमा लोड गरेर ल्याएको हार्डवेयर सामान बरामद गरिएको छ । सामानसहित ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।