खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः छैठौं वार्षिकोत्सवको अवसरमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आज हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपाललाई सहयोग गरेको छ । सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई महासंघले आज १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।

महासंघका अध्यक्ष रामप्रसाद न्यौपाने, कार्यसमिति सदस्य सुष्मा लटौला खरेल, हरिकुमार शर्मा, मकवानपुर जिल्ला अध्यक्ष गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष शम्भुप्रसाद ढकालको समूहले मामाघर नेपालमै पुगेर खाद्यान्न सहयोग गरेको हो । महासंघको वार्षिकोत्सवको अवसरमा जिल्ला शाखाहरुले पनि रक्तदान, खाद्यान्न सहयोग, वृक्षरोपण, अस्पतालमा विरामीलाई फलफुल वितरणको कार्य गरेको महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । महासंघको मकवानपुर जिल्लासहित देशभरका ३० जिल्लामा शाखा विस्तार भएको छ ।