हेटौंडाः हेटौंडा–१०, टिसिएनरोडस्थित होराईजन अटो प्रालिले आयोजना गरेको अनलाइन पब्जी प्रतियोगितामा आदर्श राजथला प्रथम भएका छन् । यस्तै अजय महमद द्वितीय तथा विपिन शाही तृतीय हुन सफल भएका छन् ।

प्रथम हुने आदर्शकले ७३ अंक हासिल गरेका छन् भने द्वितीय र तृतीय हुने महमद र शाहीले क्रमशः ६७ र ५७ अंक हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार स्वरुप ल्यापटप व्याग हस्तान्तरण गरिएको होराईजन अटो प्रालिका लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभएको छ ।