हेटौँडा : हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल स्कूलले वार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा खेलकुद कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भयो ।
खेलकुद सप्ताह अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल, व्याडमिन्ट्न, हाइजम्प, लङ्गजम्प लगायतका खेलहरु सम्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक विश्वराज खड्काको प्रमुख आतिथ्य तथा सोलिड्यारिटीका संस्थापक प्रिन्सिपल ऋषिराम आचार्यको सभाध्यक्षमा उद्घाटन समारोह भएको हो ।
खेलकुदमा निलो, रातो, पहेँलो र हरियो सदनका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा एथ्लेटिक्स अन्तर्गत १ सय मिटर दौड, रिले दौडलगायत विभिन्न प्रतियोगिताहरु सञ्चालन भएको छ । विद्यार्थीलाई खेलकुदको महत्वबारे बुझाउन, एक अर्काबीच भातृत्व कायम गराउन र खेलकुद प्रतिको आकर्षण बढाउन प्रतियोगिताको आयोजना गरिएको शिक्षक श्यामकृष्ण ज्ञवालीले जानकारी दिनुभएको छ । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको छ ।