सांकेतिक तस्वीर ।

हेटौँडा ः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, खानीखेतमा एक बालकको रुखले च्यापिएर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो २ बजेर ४० मिनेटको समयमा ५५ वर्षीय भागिरथ पुडासैनीले घर नजिकै रुख काट्ने क्रममा रुखको हाँगाले च्यापिएर १२ वर्षीय आदर्श पुडासैनीको मृत्यु भएको हो । आदर्श भागिरथकै नाती हुन् । रुखको हाँगाले च्यापिएर गम्भीर घाइते भएका आदर्शको उपचारको क्रममा शुक्रबार साँझ ५ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।