हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ७ नम्बर वडा कार्यालय परिसरमा आज हात धुने स्टेशन स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न नियमित हात धुनुपर्ने उल्लेख गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले हात धुने स्टेशन राखेको हो ।

रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका मन्त्रि खेमराज सापकोटा, नेपाल रेडक्रास सोसाइटी हेटौंडा ७ नागस्वती उपशाखा सभापती ध्रुबप्रसाद चौलागाई, ७ नम्बर वडा अध्यक्ष राजन थापा, जिल्ला रेडक्रस कार्यालयका लक्ष्मण भट्टराईको उपस्थितिमा हात धुने स्टेशनको उद्घाटन गरिएको छ ।