हेटौँडा ः मकवानपुर प्रहरीले बिल बिजकभन्दा बढीको सामग्रीसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ ८ बजेको समयमा इलाका प्रहरी कार्यालय ठिङ्गन मकवानपुरबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका वडा नम्बर–१२ बाट बिल बिजकभन्दा बढीको सामानसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मकवानपुरको थाहा नगरपालिकाका प्रचण्ड गोपालीलाई समेत पक्राउ गरेको छ । बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २८८४ नम्बरको ट्रकलाई सुरक्षाजाँच गर्दा ट्रकबाट लत्ता–कपडाहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद गरेको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाइएको छ ।