हेटौँडाः धादिङ जिल्लाको गजुरी गाउँपालिका–६, भदौरेमा मुढाले च्यापिएर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ वर्षीय हर्क बहादुर सुवेदी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार दिउँसो १२ बजेको समयमा सामुदायिक वनमा दाउरा काट्न गएका सुवेदी मुढाले च्यापिएको अवस्थामा फेला परेका थिए । सुवेदीको ट्रमा सेन्टर काठमाण्डौमा सामान्य उपचार पश्चात थप उपचारका लागि टिचिङ अस्पताल रिफर गरिएको थियो । उपचारको क्रममा सुवेदीको साँझ ६ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ